
काठमाडौं चैत्र २ । नेपाल सरकारले काठमाडौको तीन अस्पतामा कोरोनाको मात्र उपचार गर्ने निर्णय गरेको छ ।
सरकारले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने गरि व्यवस्थापन गर्न सुरुगरेको हो ।
कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले यी ती अस्पतालमा २३५ आईसीयू बेड तयार पार्ने भएको छ ।
संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले भयभीत र आतंकित नहुन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानभक्त ढकालले आग्रह गरेका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड छन् भने कोरोनाको सम्भावित संक्रमितको उपचार गर्न १५५ वटा आइसोलेटेड बेड तयार गरिएको छ ।

