धादिङ मालपोतबाट घुस सहित समातिय दुई जना

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७६

धादिङ फागुन ३० । जिल्ला मालपोत कार्यालय धादिङबाट दुई जनालाई अख्तियार दुरुपयोग अनसन्धान आयोगको अप्रेसन टोलीले घुस सहित पक्राउ गरेको छ ।

शुक्रवार अपरान्ह धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा गरेको अख्तियार टोलिले मालपोतका कर्मचारी सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छो नारायण श्रेष्ठलाई घुस पक्राउ गरेको हो ।

सूर्य अधिकारी रजिष्ट्रेसन फाटका करार सेवामा नियुक्त नीलकण्ठ नगरपालिका ३ निवासी हुन् भने कान्छोनारायण श्रेष्ठ लेखापढी व्यवसायी हुन् ।

स्थानीय एक सहकारी संस्थाको जग्गा फुकुवा गर्नका लागि श्रेष्ठले घुस मागेपछि उनीमार्फत अधिकारीले अधिकारीले १७ हजार ५ सय नगद बुझे लगत्तै अख्तियार टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो ।

कानुनी प्रक्रिया पुरा गर्न भन्दै उनीहरुलाई सार्वजनिक नै नगरि दुबै जनालाई अख्तियार टोलीले शुक्रबार नै काठमाडौ लगेको छ ।

x