
धादिङ फागुन २९ । धादिङको माध्यामिक शिक्षा परिक्षा (एसईई) संचालन गर्न शिक्षा विकास तथा समन्वय इकाई धादिङले २६ वटा परिक्षा केन्द्रहरु तय गरेको छ ।
चैत्र ६ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा २०७६ को लागि धादिङबाट ५ हजार ६ सय ५७ र एक्जाम्टेडतर्फ २३ गरी कुल ५ हजार ६ सय ८० जनाले दिने परिक्षाका लागि ईकाईले २६ वटा केन्द्रहरु तय गरेको हो ।
एसईईलाई मर्यादित बनाउनको लागि शिक्षा विकास तथा समन्वय इकाई धादिङले २६ वटा परीक्षा केन्द्र, २६ जना केन्द्राध्यक्ष, ५२ जना सहायक केन्द्राध्यक्ष र २ सय ३० जना निरीक्षक खटाउने भएको छ ।
परिक्षामा प्राविधिकतर्फ नीलकण्ठ माध्यमिक विद्यालय धादिङबेसीबाट ४४ जना, मण्डली माध्यमिक विद्यालय फूलखर्कबाट २६ जना, चन्द्रोदय माध्यमिक विद्यालय विशालटारबाट ४० जना विद्यार्थीले समेत एसईई दिदैँ छन् ।
यी हुन् परिक्षा सेन्टरहरु


