सर्वदलिय बैठक: कोरोना रोकथाममा सरकारलाई गम्भीर बन्‍न आग्रह

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७६

काठमाडौं फागुन २८ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निमन्त्रणामा बसेको सर्वदलिय बैठकले कोरोना रोकथाममा सरकारलाई गम्भीर बन्‍न आग्रह गरेको छ ।

दलहरूले सर्वदलीय बैठक राख्नु सकारात्मक भए पनि कोरोना नियण्त्रणका लागि भइरहेको सरकारको काम पर्याप्त नभएको नेताहरूले बताएका थिए ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने गएनन् ।

राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

कांग्रेसबाट सभापति देउवा नगए पनि नेता बालकृष्ण खाण र गगन थापा सहभागी भएका थिए।

x