विप्लव नेकपाद्वारा पूर्व संचार मन्त्री बास्कोटाको घरमा बम विष्फोट

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७६

काठमाडौं फागुन २८ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरुले पूर्व संचार मन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएका छन् ।

भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा नेकपाका कार्यकर्ताहरुले बम विस्फोट गराएका हुन् ।

घटना स्थलमा ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ भन्ने शीर्षकमा नेकपाको पर्चा भेटिएको सँगै उसैले बम विष्फोट गराएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटना स्थलमा भेटिएको पर्चा

x