
धादिङ फागुन २७ । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भाग लिनको लागि जिल्ला खेलकुद विकास समिति धादिङले खेलाडी छनौट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
आगामी चैत्र २१ गते देखि २८ गते सम्म चल्ले प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समिति धादिङले खेलाडी छनौट प्रतियोगिता गर्न विधागत संयोजकहरु समेत तोकि सकेको अध्यक्ष प्रताप तामाङले बताए ।
चैत्र ८ गते भित्रमा सहभागी खेलाडीको नाम प्रदेश कार्यालयमा पठाई सक्नु पर्ने भएकोले छनौट प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरुले तत्काल जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क गर्न समेत अध्यक्ष तामाङ आग्रह गरेका छन् ।
यी हुन्, छनौट गर्ने विधागत समितिका संयोजक/सहसंयोजक
१. भलिबल
संयोजक: अर्जुन कुमार श्रेष्ठ गोरखाली
सह संयोजक: प्रकाश राना मगर
२. सितिरियो कराँते
संयोजक: भिमबहादुुर गुरुङ
सहसंयोजक: शेरबहादुर तामाङ
३. तेक्वान्दो/एथलेष्टिक
संयोजक: अमृत तामाङ
सहसंयोजक: मरियम तामाङ
४. फुटबल महिला/पुरुष
संयोजक: दिपक राना
५. ब्याडमिण्टन
संयोजक: विष्णुलाल श्रेष्ठ
सह संयोजक: भिषण श्रेष्ठ
६. क्रिकेट
संयोजक: दिपेश कडेल
७. बक्सिङ
संयोजक: हरिमायाँ लामिछाने

