चट्याङ लागेर एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७६

हेटौंडा फागुन २४ । मकवानपुरको भीमफेदी च्याउखोलामा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ, भने अर्का एक घाइते भएका छन् ।

चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु हो भने उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तानको उपचार भइरहेको छ ।

चट्याङबाट कसरी बच्ने ?
१. थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ । रुख, तारबार र खम्बाहरुबाट टाढा भुईँसतह मा बस्नु राम्रो हुन्छ ।

२. छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ ।

३.एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।

x