
धादिङ, गल्छी, फागुन ९ । धादिङको गल्छी गायँपालिकामा वदलिदो जलवायु परिवर्तन अनुकुलन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय धादिङ अन्तरगत रहेको बैरेनी सव डिभिजन कार्यालय धादिङको आयोजनामा सामुदायीक वन उपभोक्ता समुह तथा सरोकारवालाहरुलाई जलवायु परिवर्तन अनुकुल सम्बन्धी तालिम विहिबार सम्पन्न भएको हो ।
दुई दिन सम्म चलेको उक्त तालिममा उक्त सव डिभिजन भित्र रहेका २२ वटा विभिन्न सामुदायीक वनका ६ महिला सहित २४ जनाले तालिम लिएको सहायक वन अधिकृत क्षेत्रविक्रम खाँणले धादिङपोष्टलाई बताए ।
तालिममा जनवायु परिवर्तनको विविभ असर तथा अनुकुलन बारेमा सहायक वन अधिकृत खाँण र देवी प्रसाद पौडेलले सहजिकरण गरेका थिए ।

