निमार्चोक आविको १५ कोठे भवन हस्तान्तरण

Avatar photo
Dhadingpost
माघ २७, २०७६

धादिङ माघ २७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका मार्पाकमा रहेको निमार्चोक आधारभूत विद्यालयाई नयाँ भवन हस्तान्त्रण गरिएको छ ।

निमार्चोक आधारभुत विद्यालयको ५८ औं वार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा जाइकाद्वारा नवनिर्मित १५ कोठे सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्त्रण गरिएको हो ।

वागमती प्रदेशका संसाद डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भवन हस्तान्त्रण कार्यक्रयमा पालिका प्रमुख दुर्गाकुमार शाक्य, शिक्षक महासङ्घका केन्द्रीय महासचिव शंकर अधिकारी, जिल्ला शिक्षा कार्यन्वयन इकाइका प्रमुख युबराज बगाले लगायतको विशेष आतिथ्यता रहेको थियो ।

विद्यालय व्इवस्थापन समितिका अध्यक्ष केशरीप्रसाद पन्तको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका १० जना पूर्व शिक्षकहरु र १ जना समाजसेवीलाई सम्मान गरियो थियो ।