एड्भान्सको खेलकुद उत्सवमा १३२ खेल समावेश

Avatar photo
Dhadingpost
माघ २३, २०७६

धादिङ माघ २३ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना माघ १६ गते एक भव्य समारोहका बीच गरेको विद्यालय स्तरीय १४ औं खेलकुद सप्ताह सम्पन्न भएको छ ।

कुल १३२ वटा खेल विधाहरुमा शिक्षक विद्यार्थी अभिभावकलाई प्रतिस्पर्धा गराएको एड्भान्स एकेडेमीको १४ औ खेलकुद सप्ताह बिहिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा पुर्व प्राथमिक तहमा ४० खेल, हाउस गत रुपमा ८६ खेल, अभिभावक बीच ३ खेल, शिक्षक कर्मचारी बीच ३ खेल गरि कुल १३२ खेलहरु खेलाईएको एड्भान्स एकेडेमीका सहायक प्रिन्सिपल रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।

सहायक श्रेष्ठका अनुसार, हाउस गत रुपमा खेल उत्सवको उपाधी २९ स्वर्ण सहित रातो सदन प्रथम, २७ स्वर्ण सहित निलो सदन द्वितीय, १७ स्वर्ण सहित हरियो सदन तृतिय र १३ स्वर्ण सहित पहेलो सदन सान्तोना भएका थिए ।

Final Gold Medal 

  • Red : 29 (House Teacher -Asmita Shrestha)
  • Blue : 27 (House Teacher – Ambika Koirala)
  • Green : 17 (House Teacher – Sunita Magar)
  • Yellow :13 (House Teacher – Sudip Pokharel)