
धादिङ माघ २१ । लामो समय देखि रिक्त रहेको जिल्ला खेलकुद विकास समिति धादिङले नयाँ समिति पाएको छ ।
जिल्ला खेलकुद विकास समितिमा आएका नयाँ अनुहारमा अध्यक्ष प्रताप तामाङ, सदस्यहरुमा हरिमायाँ लामिछाने (सापकोटा), मरियम फ्यूवा, दिपक राना र प्रकाश रानामगर रहेका छन् ।
यी पाँचै जनालाई मंगलबार प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले शपथ खुवाएका थिए ।
अध्यक्ष बनेका प्रताप तामाङ आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलको सचिवालयमा रहेर काम गर्दै आएका थिए भने धादिङका अनुभवी तेक्वान्दो प्रशिक्षक समेत हुन् ।
सदस्यमा चयन हुने हरिमायाँ लामिछाने (सापकोटा) र मरियम फ्यूवा तेक्वान्दोको खेलाडी हुन् । यस्तै सदस्य दिपक राना धादिङका अनुभवी फुटबल कोच हुन् भने कराँतेका प्रशिक्षक पनि हुन् । सदस्य प्रकाश रानामगर कराँतेका खेलाडी हुन्

