बेनिघाट रोराङबाट २० केजी चरेश सहित ५ जना पक्राउ

Avatar photo
Dhadingpost
माघ २०, २०७६

धादिङ माघ २० । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित मलेखु–ताल्ती जाने कच्ची सडकखण्डबाट २० केजी चरेश सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९, काफलपानी घर भई हाल बेनिघाट रोराङ गाउँपालिका २ काफलफेली बस्दै आएका २८ वर्षीय सुकलाल गोम्बो, १९ वर्षीय भिमवहादुर गोम्वो, २२ वर्षीय पासाङ तामाङ, कान्छामान स्याङतान र म्याग्दी जिल्ला मालिका–२ निवासी ३० वर्षीय तिलक विक रहेको छन् । यी मध्ये बिक चरेस खरिद गर्न आएका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २० केजी चरेश, केमिकल एक लिटर, मोबाइल ४ थान र नगद २ लाख ४० हजार नगद बरामद गरगरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । (तस्वीर स्रोतः जिल्ला प्रहरी कार्यालय धादिङ)