
धादिङ माघ १६ । धादिङको ग्रामिण क्षेत्र देखि काठमाडौं पोखरा लगायतका शहरहरुमा बस संचालन गरि रहेको मण्डली यातायातले AC Deluxe बस संचालनमा ल्याएको छ ।
नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भिमप्रसाद ढुङगानाले बुधबार एक औपचारिक कार्यक्रमका बीच रिवनकाटेर उक्त समितिको AC Deluxe बस उद्घाटन गरेका थिए ।
सुविधा जनक बस संचालनमा ल्याएकोमा धन्यावाद दिँदै नगरपालिका प्रमुख धादिङका यातायात व्यवसायीहरुले दुर्घटना न्यूनिकरणका लागि विशेष ध्यान दिन जरुरी रहेको बताएका थिए ।

यस AC Deluxe बसको २७ सिट रहेको छ भने धादिङ काठमाण्डौँको भाडा रु ३ सय रुपैँया कायम गरिएको धादिङ मण्डली यातायात प्रा.लि. का अध्यक्ष शरद अधिकारीले बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

