
धादिङ माघ १४ । धादिङको सिद्धलेक गाउँपालिका १ नलाङ स्थित कालिदह नजिकै जंगलमा २ जना मृत भेटिएका छन् ।
सिद्धलेक गाउँपालिका वडा नं १ कालिदह घर भएका ५७ बर्षीय नकुल सापकोटा र ३८ बर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको लास पोस्ट मार्टमको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ ।
दिउँसो वडा कार्यालय गएको र फर्कनेक्रमा मदिरा सेवन गरेकोले जंगलको बाटोमा अन्दाजी ३० फिट माथिबाट खसेर मृत्यू भएको हुन सक्ने आशंका गरिए पनि अनुशन्धान भै रहेको प्रहरीले जनाएको छ ।

