
धादिङ माघ ९ । उत्तरी धादिङको खनियाबास गाउँपालिका ३ कुरी मा स्वास्थ्य चौकी बनाउन बल सिंह तामाङले नि:शुल्क जग्गा दिएका छन् ।
स्वाथ्य चौकीको नाममा १ रोपनी जग्गा पास गर्न आएका जग्गा धनी खनियाबास गाउँपालिका ३ कुरी ग्यूङ की लाहुरे, बल सिंह तामाङले आफ्नै जग्गामा स्वास्थ्य चौकी बनाउँन जग्गा दिन पाउँदा खुसी व्यक्त गरे ।
स्वास्थ्य चौकी भवन निर्माणको लागि १ रोपनी जग्गा पास गरि दिएका तामाङले अब छिटो स्वास्थ्य चौकी भवन बनाउन समेत आग्रह गरेका छन् ।

