
धादिङ माघ ८ । लामो समय देखि रिक्त रहेको जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा प्रताप तामाङ चयन भएका छन् ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलको सचिवालयमा रहेर काम गर्दै आएका प्रताप तामाङलाई मंगलबार प्रदेश खेलकुद बिकास परिषदले धादिङको अध्यक्षमा चयन गरेको हो ।
पुर्व माओवादी जिल्ला सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य साथै धादिङ जिल्ला अध्यक्षको बनि सकेका अध्यक्ष तामाङमा धादिङको तेक्वान्दो खेलाडी हुन् ।

