खाल्टे फ्याक्सेमा आज सक्किगोनीका हास्य कलाकार आउँदै

Avatar photo
Dhadingpost
माघ १, २०७६

धादिङ माघ १ । धादिङको नीलकण्ठ ५ फ्याक्सेमा आज हुने गोरु जुधाइ मेला तथा चमेरे गुफा अवलोकनमा हास्य टेलि चलचित्र सक्किगोनीका हास्य कलाकारहरु आउने भएका छन् ।

विगत केहि वर्ष देखि नियमित हुँदै आएको यस गोरु जुधाइ मेला तथा चमेरे गुफा अवलोकन कार्यक्रममा भिजिट नेपाल २०२० मनाउन नेपाल बेल्जियमबाट आएका पर्यटकहरु समेत सहभागि हुने कार्यक्रम रहेको छ ।

खाल्टेको गोरुजुधाई साँस्कृतिक पर्व त हो नै यो सँगै आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्दै गएको चमेरेगुफा प्रचार प्रसार र प्रवद्र्धनका लागि यो कार्यक्रमको मुख्य आकर्षण रहेको वडा अध्यक्ष रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।

एनआरएनएका सह कोषाध्यक्ष धादिङ बुढाथुमका लोक दाहालको नेतृत्वमा बेल्जियमबाट नेपाल भ्रमणमा आएका पर्यटकहरु समेत कार्यक्रममा सहभागिता हुने हँदा यस वर्षको मेला थप विशेष हुने समेत वडा अध्यक्ष श्रेष्ठले दावी गरे ।

आज हुने यस गोरु जुधाइ मेला तथा चमेरे गुफा अवलोकन कार्यक्रम चमेरे गुफा संरक्षण समितिले आयोजना गरेको हो । (फोटो फाईल)