
धादिङ पुस २३ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता धादिङका खेलाडीलाई सम्मान गर्ने भएको छ ।
गाउँपालिका स्तरीय खेलकुद उत्सवको अवसरमा १३ औं (साग) मा नेपालका लागि पदक विजेता धादिङका खेलाडीलाई पुस २९ हुने खेलकुद उत्सव उद्घाटन समारोहका बीच सम्मान गर्न लागेको हो ।
गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले खेलकुद विकास हामी विशेष योजनाका साथ अगाडी बढी रहेका छौं र यसै अनुरुप खेलकुद उत्सव हुन लागेको बताए ।
धादिङका खेलाडीहरुले सागमा जुन उत्साहजनक नतिजा निकाले त्यसले खेलाडीमा थप हौसला मिलेको छ उनीहरु राष्ट्रका सम्पत्ती हुन् त्यसैले पुस २९ गते एक समारोहका बीच सम्मान गर्न लागेको धादिङपोष्टलाई बताए ।
बेनिघाट रोराङले खेलकुद उत्सव अन्तरगत पुस २९ गते देखि माघ २ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, माघ ३ र ४ गते हर्ष बहादुर थापाको स्मृति कप टी २० क्रीकेट प्रतियोगिता, माघ ५ देखि ७ गते मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता हुने क्रीकेट खेल संयाेजक दिपेश कडेलले बताए ।
यी हुन् सागमा जित्ने धादिङका खेलाडी
स्वर्ण पदक विजेता
१. सन्तोषी श्रेष्ठ, १० हजार मिटर दौडमा, ज्वालामुखी गाउँपालिका
२. सोनी गुरुङ, ट्रायथोलनमा सिद्धलेक गाउँपालिका
३. सञ्जिला तिमल्सिना, पुन्से (१७ देखि २३ वर्षको उमेर समुहमा), त्रिपुरासुन्दरी गाउँपालिकारजत पदक विजेता
१. आशिष दुवाडी, बक्सिङ (९१ केजी तौल समुह सुपर हेभी), ज्वालामुखि गाउँपालिका
२. गणेश प्रधान, बक्सिङ (८१ केजी तौल समुह लाईट हेभी), नेत्रावती डब्जोङ गाउँपालिका
३. लक्ष्मण मल्ल, ट्रायथोलन अन्तरगत दुवाथोलन, गल्छी गाउँपालिकाकास्य पदक विजेता
१. दिपक अधिकारी, १० हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
२. हरि रिमाल, ५ हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
३. पवन श्रेष्ठ, जुडो तर्फ त्रिपुरासुन्दरी गाउँपालिका

