
धादिङ पुस १५ । धादिङको नीलकण्ठ नगरपालिकाको विकट ग्रामिण क्षेत्र धुसेनीमा भएको जगत कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी पुरुष तर्फ धादिङबेसी स्थित एड्भान्स एकेडेमीले र महिला तर्फ कालिाका आधार भुत विद्यालयलले जितेका छन् ।
गुरुङहरुको विशेष पर्व ल्होछारको अवसरमा शनिबार देखि नीलकण्ठ नगरपालिका १ धुसेनीमा भएको उक्त प्रतियोगिताको फाईनलमा एड्भान्स एकेडेमीले आयोजक अन्नपुर्ण युवा समाजलाई र कालिका आधारभुत विद्यालयले प्रकाश माविलाई हराउँदै चौंथो जगत कप भलिबलको उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा विजेतालाई ३० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र र उपबिजेतालाई १५ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
६ टिम महिला र ६ टिम पुरुष गरि १२ टिम सहभागि रहेको यस प्रतियोगिताको प्रायोजन स्थानिय तुलबहादुर गुरुङले गरेका थिए ।

अन्नपुर्ण युवा समाज धुसेनीका अध्यक्ष सिरोज गुरुङको सभापतित्वमा भएको खेल समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख आतिथ्यता वडा अध्यक्ष गणेश गुरुङको रहेको थियो ।

कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन ३ नं. प्रदेशका उपाध्यक्ष श.कर अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगरकमिटीका सदस्य भोजबहादुर गुरुङ, नेपाली काँग्रेसका नीलकण्ठ १ का उपाध्यक्ष नरेश गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

