सिद्धलेकमा युवा तथा खेलकुद तदर्थ समिति गठन

Avatar photo
Dhadingpost
पुस २, २०७६

धादिङ पुस २ । धादिङको सिद्धलेक गाउँपालिकाले वडाध्यक्ष रामहरी बराकोटिको संयोजकत्वमा १९ सदस्यीय पालिका स्तरिय युवा तथा खेलकुद समन्वय तदर्थ समिति गठन गरिएको छ ।

बुधबार सिद्धलेक गाउँपालिकाले गाउँपालिकाको सभाहलमा भएको गाउँपालिका स्तरिय युवा भेलाले वडाध्यक्ष बराकोटिको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

समितिले गाउँपालिका भित्र खेलकुद विकासका लागि महत्वपूर्ण भुमिका निभाउने बताईएको छ ।
युवा भेलालाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख प्रेमनाथ सिलवालले सिद्धलेकले अहिले खेलकुद विकासका लागि पुर्वधार विकासमा जोड दिएको बताउँदैं खेलकुद विकास विना गाउँपालिका समृद्ध बन्न नसक्ने बताएका थिए ।

उक्त युवा भेलामा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा (अधिकारी), जिल्ला समन्वय समिति धादिङका सदस्य गुणराज थापा ७ वटै वडाका वडाध्यक्षहरु, गाउँपालिकाका बिभिन्न शाखाका प्रमुख, कर्मचारीहरुको आतिथ्यता रहेको थियो ।