शंकर धमला थाईल्याण्डमा मुईथाई च्याम्पिन बने (भिडियो समेत)

Avatar photo
Dhadingpost
मंसिर ३०, २०७६

धादिङ मंसिर ३० । धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ निवासी शंकर धमलाले थाईल्याण्डमा भएको अन्तराष्ट्रिय मुईथाई बक्सिङ प्रतियोगितामा च्याम्पिन बनेका छन् ।

रोजगारीको सिलशिलामा हङकङमा कार्यरत धादिङ नीलकण्ठका धमला मकाउँबाट नै नेपालको प्रतिनिधित्व गर्दै मुईथाई बक्सिङ प्रतियोगितामा भाग दिई थाईल्याण्डमा च्याम्पियन बनेका हुन् ।

उनले थाईल्लाण्डको Asiatique The Riverfront मा भएको प्रतियोगितामा थाइल्याण्डका AOREE लाई 2th round मा नकआट गर्दै च्याम्पियन बनेका हुन् ।

६२ केजी तौल समुहमा भएको भीडन्तमा धमलाले थाइल्यान्डका खेलाडी एओरीलाई दोश्रो राउन्डमा नकआउट गरेका हुन् । पहिलो राउन्ड देखि नै आक्रमक रुपमा प्रस्तुत भएका धमलाले खेलअवधिभरि नै थाइल्यान्डका खेलाडीलाई दबाबमा राखेका थिए ।

खेलमा निकै फुर्तिला देखिएका थाइल्यान्डका खेलाडीले उत्कृष्ट किक बक्सिङको प्रदर्शन गरे पनि उनी पटक पटक असन्तुलित हुँदै रिङमा लडेका थिए । त्यसको फाइदा उठाउँदै धमलाले दोश्रो राउण्डमा उत्कृष्ट किक र बक्सिङको प्रहारसंगै थाइल्यान्डका खेलाडीलाई दोश्रो राउन्डमा नकआउट गरेका थिए ।

भिडियो समेत


धमलाले गत वर्ष पनि हङकङ मै भएको मुईथाई च्याम्पियन सिप बक्सिङ प्रतियोगितामा समेत स्वर्ण पदक जितेका थिए ।