एड्भान्सकाे पुर्व प्राथमिक तह उत्सव (फाेटाे फिचर)

Avatar photo
Dhadingpost
मंसिर ११, २०७६

धादिङबेसी मंसिर ११ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले पुर्व प्राथमिक तह उत्सव कार्यक्रम भव्य रुपमा मनाएकाे छ ।

प्लेग्रुप देखि कक्षा युकेजि सम्मका विद्यार्थी र अभिभावकहरुको उत्साहजनक सहभागिता रहेकाे उक्त उत्सवमा विद्यार्थी र अभिभावहरुले मनाेरन्जनात्कम प्रस्तुति समेत देखाएका थिए ।

पुर्व प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि आयोजना गरिएको विशेष कार्यक्रममा विद्यार्थीहरुले कक्षाकोठा भित्र र बाहिर सिकेका सीप, कला, अभ्यास एबम सिकाइको प्रदर्शन गर्नु का साथै आफ्ना अभिभावकसङ विभिन्न खेल हरुको मज्जा पनि लिएकाेे विद्यालयका सहायक प्रधानाध्यापक राम श्रेष्ठले बताए ।

कार्यक्रममा स्टेज प्रस्तुती तर्फ प्ले ग्रुप देखि यु के जि सम्मका विद्यार्थीहरुले ग्रुप ड्रील प्रदर्शन, राइम्स, गीत, नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।

त्यसैगरि विद्यार्थी र अभिभावकहरुका लागि राखिएका छुट्टा छुट्टै खेलका स्टलहरुले सबैकाे ध्यान खिचेको थियो। पुर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुके कोरेका र रङ भरेका चित्र , पेस्टिङ तथा निर्माण गरेका समाग्रीहरुको पनि प्रदर्शन गरिएको थियो ।

बेग्लै फोटो बुथको निर्माण गरिएको को कार्यक्रममा आफ्ना मन पर्ने कार्टुन क्यारेक्टर सङ फोटो खिच्न पाउँदा र मन पर्ने आकृतीको फेस पेन्टिङ गर्न पाउँदा विद्यार्थीहरु निकै खुसी देखिन्थे ।

उत्कृष्ट स्टल तर्फ शिक्षक सुदिप पोखरेल सहित हरेक खेलका विजयी विद्यार्थी तथा अभिभावक हरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बद्री प्रसाद तिवारी र एसोसियट प्रीन्सिपल भिम बहादुर श्रेस्ठले पुरस्कार वितरण गरेेका थिए ।