
धादिङ मंसिर ६ । धादिङको गाउँपालिका थाक्रे ८ धार्केमा रहेको यति टायल एण्ड ब्रिक ईण्डष्ट्रीजले मजुदुरहरुलाई रोजगार करारनामा गराएर मात्र काम लगाउने भएको छ ।
प्रयास नेपाल धादिङ र जिएफआईको साझेदारीमा सन्चालित बेटर ब्रिक परियोजना अन्तर्गत उद्योगमा मजदुरहरुलाई करारनामा गराएर मात्र काम लगाउने बताईएको हो ।
कार्यक्रममा उद्योगी माधव गजुरेलले सहभागी मजदुरहरुलाई आधारभुत पारिश्रमिक, महँगी भत्ता, सँचयकोष, उपदान, सामाजिक सुरक्षा कोषमा योगदान, बिदा, बिमा लगायतका बारेमा जानकारी गराएका थिए ।
नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेकाले सरकारको नितिलाई अबलम्बन को लागि करार पत्र दिएर काम लगाउने गरेको बताएका थिए ।
यस अघि उद्योगले बालश्रम मुक्त र बिबिएन मापदण्ड समेत पूरा गरि प्रमाणपत्र हाँसिल गरेको पनि गजुरेलले जानकारी गराए ।
परियोजनाले ईँटा उद्योगमा सन्चालन गरिरहेको कामको बारेमा प्रयास नेपाल धादिङका ब्रेटर ब्रिक नेपाल कार्यक्रमका प्रमुख सुनिता कँडेलले सहभागीलाई सामाजिक सुरक्षा कार्यक्रम र उद्योगीको भुमिकाको बारेमा जानकारी गराएका थिए ।

