रूसले नियन्त्रणमा लिएको यूक्रेनी पानीजहाज फिर्ता

Avatar photo
Dhadingpost
मंसिर ३, २०७६

मस्को मंसिर ३ । रूसले नियन्त्रणमा लिएको यूक्रेनी पानी हजाज एक बर्ष पछि फिर्ता गरेको छ ।

‘सन् २०१८ को नोभेम्बरमा यूक्रेनी सामुद्रिक क्षेत्र पार गरी रूसी क्षेत्रमा पुगेपछि रूसले पानी जहाजलाई नियन्त्रमा लिएको थियो ।

रुसको नियन्त्रणमा रहँदै आएका यूक्रेनी नौसेनाका तीन पानीजहाजलाई रूसले सोमबार सम्बन्धित अधिकारीको रोहबरमा फिर्ता गरेको,’ रूसी विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

रूस र यूक्रेन छुट्याउने एजोज समूद्रको सीमा क्षेत्र (केर्च स्ट्रेट) बाट गैरकानूनी रूपमा सीमा पार गरेको भन्दै रूसी सेनाले गत बर्ष ती जहाजलाई नियन्त्रणमा लिएको थियो । Photo:foxnews