
धादिङ कार्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका नेता तथा ज्यूँदा सहिदका रुपमा चिनिने राम बहादुर भण्डारी नेकपाको उद्योग तथा वाणिज्य विभागको उप प्रमुखमा चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेशले बनाएको विभिन्न ३० वटा विभाग मध्य २ नम्बरमा परेको उद्योग तथा वाणिज्य विभागको उप प्रमुखमा प्रदेश सचिवालय सदस्य समेत रहेका भण्डारी मनोनित भएका छन् भने प्रमुखका कृष्णलाल महर्जन रहेका छन् ।
धादिङ राजनीतिक दौरानमा पहिलो पंतीमा देखिने भण्डारी माओवादी केन्द्रमा लागेर धेरै दुख र त्याग गरेका नेता मध्य पर्ने गर्दछन् । जनयुद्धका क्रममा दुई भाई छोरा गुमाएका भण्डारी आफै सेनाको गोली लागेका घाईते हुन् ।
केहि दिन पहिला सम्पन्न भएको प्रदेशको वैठकले पार्टीलाई चुस्त दुरुस्त बनाउन भन्दै विभिन्न ३० वटा विभाग गठन गर्दै चैत्र मसान्त सम्मको कार्ययोजना समेत बनाएको सर्कुलन धादिङपोष्टले फेला पारेको छ ।
सर्कुलरमा भनिएको छ, दुई भिन्न स्कुलबाट हुर्किदै आएका पार्टी कार्यकर्ताहरुमा नीति, विचार, कार्यक्रम, कार्यदिशाको बारेमा एकरुप धारण विकास गर्न स्कुल विभागलाई क्रियाशिल बनाईने छ । पौष र माघ महिनामा प्रदेश देखि वडा सम्मको स्कूलिङ सक्ने समेत सर्कुलरमा उल्लेख गरिएको छ ।

