
धादिङ कार्तिक २८ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले तेक्वान्दो ग्रेेडिङ सुरु गरेकाे छ ।
बिगत ४ वर्ष देखि विद्यालयकाे पाठ्यक्रममा तेक्वान्दो खेललाई समाबेश गरेको एड्भान्स एकेडेमीले नियमित कार्यक्रम अनुसार तेक्वान्दो खेलमा आवद्ध विद्यार्थीहरुकाे ग्रेडिङ सुरु गरेकाे हाे ।
बुधबारबाट सुरु भएको ग्रेडिङ शुक्रबार सम्म चल्ने छ खेल प्रशिक्षक अमृत तामाङले धादिङपाेष्टलाई बताए ।
पहिलो दिन कक्षा ४ को विद्यार्थीहरुलाइ हरियो पेटिको लागी ग्रेडिङ लिइएका थिए । यसैगरी बुधबारकाे ग्रेडिमा ५२ जनाले भाग लिएकाा थिए, भने कक्षा ५ को आज बिहिबार र ६ को शुक्रबार हुनेछ प्रशिक्षक तामाङले बताए ।





