
धादिङ कार्तिक २५ । नेपाली काँग्रेसको युवा संगठन तरुण दल र दलित संघ धादिङले धादिङबेसीमा भारत विरुद्ध चर्को नारा जुलुश गर्दै प्रदर्शन गरेका छन् ।
तरुण दल र दलित संघ धादिङले ‘दुध मागे खिर दिन्छौ, कालापानी लिपुलेक ताके चिरिदिन्छौ’ नेपाल माथिको विदेशी हस्ताक्षेप सदाका लागि अन्त्य गरौ, नेपाली एकता र सार्वभौमिकता जिन्दावाद, सबै प्रकारको विदेशी हस्तक्षेप मुर्दावाद, भारतिय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाई सोमबार धादिङबेसी बीचबजारमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शमा सहभागी युवाहरुलाई सम्बोधन गर्दै तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले सरकार नेपाली भुमी फिर्ता गर्न गम्भीर नदेखिएको समेत आरोप लगाएका थिए ।
भारतिय हस्तक्षेपको विरुद्ध आम नेपाली लागि रहेको बेला कुटनैतिक पहल भन्दै भारत विरुद्धको आन्दोलन मथ्थर पार्न लागेको बताउँदै अध्यक्ष विश्वकर्माले नेपाली भुमि रक्षार्थ सम्पूर्ण नेपाली एक भएर भारतले कब्जा गरिएको फिर्ताको आन्दोलनमा सहभागि हुनु पर्ने समेत बताएका थिए ।
