
धादिङ कार्तिक ४ । बहुचर्चित नागढुंगा सुरुङमार्गको प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार दिउँसो ३ वजे शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
नागढुंगाको चुच्चे पाखामा ३ बजे प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलन्यास गरे सँगै सुरुङमार्ग निर्माणको काम शुभारम्भ हुने छ ।
सुरुङ निमार्णको जिम्मा पाएको हाज्मा–आन्द्रो जेभीले क्याम राख्न जग्गा भाडा लिने र निर्माण गरिने स्थान सम्माउने काम सुरु गरिसकेको छ । विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच असोज ६ गते सुरुङमार्ग निर्माण सम्बन्धी सम्झौता भएको थियो ।
जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो । सम्झौता भएको मितीको ४२ महिनामा भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ ।
आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ ।
सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ ।

