केन्द्रिय अधिवेशनमा धादिङबाट प्रतिनिधि छनौट

Avatar photo
Dhadingpost
कार्तिक ३, २०७६

धादिङ कार्तिक ३ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय मंसिर ६,७ र ८ गते हुने केन्द्रिय अधिवेशनको लागि धादिङबाट २६ जना प्रतिनिधिहरु छनौट भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा धादिङको शनिबार सम्पन्न वैठकले केन्द्रिय अधिवेशनको लागि २६ जना प्रतिनिधि छनौट गरेको हो ।

जिल्ला शाखा धादिङका सचिव संगित सुवेदीका अनुसार कमला थापा, हिमाल घले, गणेश खनाल, प्रकाश विनायक, मनमायाँ वाईवा, विनिता गुरुङ, सिताराम परियार, चेत विक्रम ठकुरी, अमृत सापकोटा, विनोद सुन्दास, सिता लामा, सन्दिप स्याम्चेन, संगित सुवेदी, सुर्य थापा, भरत बराकोटी, कृष्ण शिशिर, रामबाबु रिजाल, सरुथापा मगर, छन् ।

यस्तै केन्द्रिय अधिवेशनको लागि धादिङबाट हरिभक्त त्रिपाठी, निलम पन्त, राज रेग्मी, रोशन सिलवाल, रविन उपाध्याय, शालिकराम सिलवाल, टिका काप्री, गुणनाथ त्रिपाठी, राजकुमार धिताल रहेका छन् ।