
चिली भाद्र ३ । चिलीको सान्टियागो राज्यमा १५ दिनको लागि संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन सुरुभएपछि राष्ट्रपतिले संकटकालको घोषणा गरेका हुन् ।
संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पु¥याएका छन् । प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ ओटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् ।

