अन्तर्राष्ट्रिय धादिङ समाजलाई साढे ४ लाख सहयाेग प्राप्त

Avatar photo
Dhadingpost
अशोज २६, २०७६

धादिङ असाेज २६ । अन्तर्राष्ट्रिय धादिङ समाजलाई साढे चार लाख भन्दा बढी रकम सहयाेग प्राप्त भएकाे छ ।

समाजले काठमाडौंमा आईतबार गरेकाे विश्व भेलाकाे अवसरमा गैर आवासीय नेपाली संघका उपाध्यक्ष एवम् नवाै महादिवेशनका अध्यक्षका उम्मेद्वार गाेरखा निवासी कुमार पन्तले २ लाख, सह काेषाध्यक्षका उम्मेदवार बुढाथुम निवासी लाेक दाहालले १ लाख १० हजार, अध्यक्षका अर्का उम्मेद्वार कुल आचार्यले १ लाख १ हजार र गाेविन्द सुवेदीले ५१ हजार १११ रुपैयाँ सहयाेग गरेका थिए ।

सबैकाे सहयाेग रकम घाेषणा गर्दै सह काेषाध्यक्षका उम्मेदवार सामाजिक अभियान्ताकाे रुपमा परिचित दाहालले अन्तर्राष्ट्रिय धादिङ समाजले विशेष याेजना बनाई धादिङमा लगानी गर्न समेत आग्रह गरेका थिए ।