
धादिङ असाेज २६ । विश्वभर छरिएर रहेका धादिङबासीहरुकाे साझा संजालकाे रुपमा हेरिएको अन्तर्राष्ट्रिय धादिङ समाजको बिश्व भेला तथा प्रथम अधिबेशन आज काठमाडौंमा हुने भएकाे छ ।
एक वर्ष अघि धादिङबेसीमा सम्पन्न भएकाे भेलाले नानुकाजी अर्यालकाे अध्यक्ष रहने गरि ७ सदस्यीय तदर्थ कार्य समिति बने सगै अन्तर्राष्ट्रिय धादिङ समाजले गति लिएकाे थियाे ।
आज दिउँसो २ बजे अनुपम फुडल्याण्ड बत्तीसपुतली काठमाडौंमा हुनेे समाजकाे विश्व भेला तथा प्रथम अधिबेशनकाे सम्पूर्ण तयारी सकिएकाे महासचिव प्रमाेद भट्टले धादिङपाेष्टलाई बताए ।
नेपाल सरकारका संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डितकाे प्रमुख आथित्यतामा हुने उक्त अधिवेशनकाे लागि विदेशमा रहेका धादिङवासीहरु प्रतिनिधि मुलक रुपमा काठमाडौं आई सकेकाे समेत महासचिव भट्टले बताए ।
गैर आवासिय नेपाली संघ (एनआरएनए) काे नवाै अधिवेशनकाे मुखमा हुन लागेकाे यस विश्व सम्मेलनमा एनआरएनएकाे सह काेषाध्यक्ष पदका उम्मेदवार बुढाथुमका लाेक प्रसाद दाहाल, मध्य पुर्व संयाेजककाे लागि उम्मेदवारी दिएका बेनिघाट राेराङका मनाेजकुमार तामाङ (गाेर्खाली) र युराेपकाे उप संयाेजककाे लागि उम्मेदवारी दिएका धुँवाकाेटका कृष्ण तिमल्सिना र मैदीका बालकृष्ण श्रेष्ठ समेत सहभागिता रहने बताईएकाे छ ।
अन्तर्राष्ट्रिय धादिङ समाजले अहिले सम्म ३६ देशमा आफ्नाे नेटवर्क विस्तार गरि सकेकाे जनाएकाे छ ।
यी हुन् ३६ देश
युयई, कतार, साउदी ओमन, कुवेत, जोर्डन, इज्रायल, जापान, साउथ कोरिया, सिंङ्गापुर, अमेरिका, अस्ट्रेलिया, अस्ट्रीया, क्रोयीसिया, माल्टा, माल्दिप्स, भारत, बेल्जियम, साइप्रास, फिनल्याण्ड, जर्मनी, साउथ सुडान, लेवनन, मलेसिया, पोर्चुगल, इराक, सिरिया, बहराइन, फ्रान्स, थाइल्याण्ड, लिस्वान, क्यानाडा, अफ्गानिस्तान, बंङ्ग्लदेश, आयर्ल्याण्ड ।

