पात्लेमा राष्ट्रिय स्तरको फुटबल मैदान बन्छ- संसद अधिकारी

Avatar photo
Dhadingpost
अशोज २४, २०७६

धादिङ असोज २४ । धादिङका प्रदेश संसद डा. रामकुमार अधिकारीले नीलकण्ठ नगरपालिका वडा नं. १ स्थित पात्लेमा रहेको फुटबल मैदानलाई स्तरउन्नती गरी राष्ट्रिय स्तरको खेल मैदान बनाउने बताएका छन् ।

पात्लेमा बुद्धभुमि युवा समाज आयोजना गरेको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संसद अधिकारीले पात्लेमा राष्ट्रिय स्तरको खेल मैदान बनाउने बताएका हुन् ।

यो खेलकुद मैदान बनाउन संसद डा. रामकुमार अधिकारी यस अघि २५ लाख रकम प्रदश संसद कोषबाट प्रदान गरेका थिए ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी धादिङ जिल्ला कमिटी सदस्यहरु लक्ष्मण रम्तेल, शेरबहादुर गरुङ र वडा अध्यक्ष गणेश गुरुङको आतिथ्यता रहेको थियो ।

१९ टिम दर्ता भएको यस प्रतियाेगिता आजको पहिलो खेल आयोजक बुद्धभुमी युवा समाज र चमेरे गुफा संरक्षण समिति बीच भएको खेलमा ३-० गोल भएको थियो ।

फोटो: लक्ष्मण रम्तेल