दशैं कार्यक्रममा मृगौला रोगिलाई आर्थिक संकलन

Avatar photo
Dhadingpost
अशोज २०, २०७६

धादिङ असोज २० । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ पतेनीमा दशैंको अवसरमा शुभकामना आदान प्रदान एवम् साँस्कृतिक कार्यक्रममा मृगौला पिडितका लागि ४९ हजार २६५ रुपैयाँ संकलन भएको छ ।

पतेनि परिवर्तनशिल दलित युवा समाजद्वारा आईतबार आयोजित दशैं तिहार शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रम नीलकण्ठ १ पात्लेका मृगौला पिडित टीका कुमारी गुरुङको उपचारका लागि उक्त रकम संकलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वडा अध्यक्ष रामकुमार श्रेष्ठले क्लवले महत्वपूर्ण कार्यक्रम गरेको बताउँदै दिन-दु:खि र असाह्यहरुका लागि सबैको सहयोग र एकता अनिवार्य रहेको बताए ।

क्लवको विकासका लागि वडा कार्यलयले भवन निमार्ण र साउण्ड सिस्टम लगायतका सामाग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका प्रमुख अतिथि श्रेष्ठले दशैं हर्सोउल्लास वतावरणमा मनाउन शुभकामना व्यक्त समेत गरे ।

कार्यक्रममा नेकपा धादिङका जिल्ला कमिटी सदस्य लक्ष्मण रम्तेलको विशेष आतिथ्यता एवम्, सेर ब गुरुङ, वडा सदस्य गंगा श्रीमल, डिल ब गुरुङ, आइतराम श्रीमल लगायतको आतिथ्यता रहेको थियो ।