
धादिङ असोज १९ । नेत्रावती डब्जोङ गाउँपालिका वडा नं. १ मा रहेको निरन्जना माध्यामिक विद्यालयलाई सिसि क्यामारा सहयोग गरिने ।
निरन्जना माध्यामिक विद्यालयको २०५६ सालको एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई ८ वटा सिसि क्यामेरा सहयोग गर्ने भएका हुन् ।
आगामी कार्तिक १ गते एक विशेष कार्यक्रमका बीच विद्यालयलाई सिसि क्यामरा हस्तान्तरण तथा २०५६ सालको व्याचलाई पढाउने शिक्षक शिक्षिकालाई सम्मान गरिने पूर्व विद्यार्थी काजीराम अधिकारीले धादिङपोष्टलाई बताए ।
अधिकारीका अनुसार उक्त कार्यक्रममा गाउँपालिका स्तरिय नेपाली तथा अग्रेजी सुन्दर हस्तलेखन प्रतियोगिता समेत गरि नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
हस्तलेखन प्रतियोगितामा प्राथमिक तह, निम्न माध्यामिक तह र माध्यामिक तह गरि ३ तहको प्रतिस्पर्धा रहनेछ ।

