धुनिबेसीमा प्राविधिक स्कुलको भवन उद्घाटन

Avatar photo
Dhadingpost
अशोज १८, २०७६

धादिङ असोज १८ । धादिङ औद्योगिक नगरीको रुपमा चिनिएको धुनिबेसी नगरपालिका ढकाल खोलामा प्राविधिक स्कुलको भवन उद्घाटन गरिएको छ ।

जर्मन सरकारको १२ करोड आर्थिक सहयोगमा निर्माण भएको उक्त स्कुलको भवन जर्मन उपमन्त्री नोर्बर्ट बार्थ र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल संयुक्त रुपमा उद्घाटन गरेका थिए । शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग (जेटएफएन) सँगको सहयोगमा टेक्निकल र भोकेसनल शिक्षा दिने उद्देश्यले धुनिबेसी नगरपालिकामा उक्त स्कुल निर्माण गरेको हो ।

यो स्कुलमा युवालाई ४ देखि १२ महिना लामो पाठ्यक्रम पढाईनेछ । तीन वर्ष लामो डिप्लोमा कोर्स पनि स्कुलले सञ्चालन गर्ने कार्यक्रममा बताईएको छ । स्कुलले खासगरी ऊर्जा क्षेत्रमा आवश्यक व्यवसायिक र दक्ष जनशक्ति योगदान हुने आशा गरेको जनाएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा शेषकान्त फाउण्डेशनका अध्यक्ष विश्वेश्वर प्रसाद ढकालको अध्यक्षता रहेको थियो भने सँघिय साँसद भुमि त्रिपाठी, जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपाल, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य लगायतको आतित्थ्यता रहेको थियो ।