नेकपा धादिङको शुभकामना आदान प्रदान

Avatar photo
Dhadingpost
अशोज १५, २०७६

धादिङ असोज १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले विजयादशमी, दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङबेसी स्थित पार्टी कार्यालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् नेकपा नेता डा. पुष्पराज कँडेलको प्रमुख आतिथ्यतामा उक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

यसै कार्यक्रमको अवसरमा १३ वटै स्थानिय तहका कमिटीहरूले सपथ ग्रहण गरेका गरेका थिए ।

कार्यक्रममा शालिकराम जमकट्ले, भुमि त्रिपाठी,जगननाथ नेपाल, नेत्र पौड्याल, डा. रामकुमार अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको देखिए पनि जिल्लाका अधिकाँश मुख्य नेताहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, पुष्पविक्रम मल्ल, गुरु वुर्लाकोटी, कल्पना धमला, जगत सिंखडा लगायतका नेताहरु शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रममा देखिएनन् ।