धादिङबेसीमा निःशुल्क लुगा घर संचालनमा

Avatar photo
Dhadingpost
अशोज १२, २०७६

धादिङबेसी असोज १२ । धादिङबेसी स्थित क्याम्पस चोकमा निःशुल्क लुगाघर संचालनमा आएको छ ।

सामाजिक सेवाका क्रियाशिल धादिङका युवाहरुद्वारा संचालित निःशुल्क लुगा घर नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरे सँगै संचालनमा आएको हो ।

नि:शुल्क लुगा घर उद्घाटनको क्रममा नगर प्रमुख ढुङ्गानाले समाजसेवी युवाहरुको यस महत्वपूर्ण कामको लागि नगरपलिका र आफ्नो व्यक्तिगत रुपमा पनि सहयोग रहने बताएका थिए ।

नि:शुल्क लुगा घर संचालनको अभियान्ता सम्झना भण्डारीले म बनाऊछु मेरो धादिङ (together We Can) भन्ने अभिप्रायले यो नि:शुल्क घर दशैंको घटस्थापनाको दिनकाट संचालनमा ल्याएका छौ । आफुभन्दा असाह्यलाई सहयोग गरौं भन्ने भावनालाई आत्मसाथ गरि सक्नेले लुगाहरु यस नि:सुल्क घरमा राख्दिन र असाह्यहरुले आफुलाई मिल्ने साइजको लुगा आएर लैजान आग्रह गरेकी थिईन ।