यसरी बन्दै नागढुंगा सुरुङमार्ग

Avatar photo
Dhadingpost
अशोज ९, २०७६

धादिङ असोज ९ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग बन्ने भएको छ । नागढुंगा सुरुङमार्ग निमार्णका लागि जापानी कम्पनी हाज्मारआन्दो जेभीसँग ठेक्का सम्झौता भए सँगै सुरुङमार्ग बन्ने भएको हो । तिहार लग्गतै देखि सुरु हुने सुरुङमार्ग निर्माणको काम साढे ३ वर्ष अर्थात ४२ महिनामा सकिने निमार्ण ठेकेदार कम्पनीले जनाएको छ ।

करिब १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन ९टीबीएम० को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने छ ।

यो सुरुङमार्ग दुबैतर्फका सडक बेला(बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्कोपट्टीको लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १र१ मिटरको पेटी राखिने छ ।

सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २।२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ । यसका लागि अहिले जग्गा अधिग्रहणको काम भइरहेको छ ।

तर, स्थानीयबासीसँग विवाद टुंगिएको छैन । सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ । यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ ।