कानुनमा एड्भान्सबाट करुणा बसौलाको ३.२९ जिपिए

Avatar photo
Dhadingpost
अशोज ७, २०७६

धादिङ असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५१ दशमलब ७१ प्रतिशत अर्थात् १ लाख ३७ हजार ६ सय ५ परीक्षार्थी उतिर्ण भएका छन् ।

धादिङ जिल्लामा पहिलो पटक कानुनि विषयको पढाई सुरु गरेको एड्भान्स एकेडेमीेका विद्यार्थीको नतिजा आशा गरिए भन्दा राम्रो आएको एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।

एड्भान्समा अध्ययनरत करुणा बसौलाले ३.२९ जिपिए ल्याएकी छिन् । श्रेष्ठका अनुसार कानुन तहमा ५० जना विद्यार्थी संमिलित उक्त परिक्षामा अन्य विद्यार्थीको पनि राम्रो जिपिए आएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा लिएको परीक्षाको नतिजा बिहिवार सार्वजनिक गरेको हो ।