
धादिङ असाेज ४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियाेगितामा सल्यानटार माध्यमिक विद्यालय प्रथम, रानीपौवा माध्यमिक विद्यालय द्धितीय, अचने माध्यमिक विद्यालय तृतीय भएका छन् ।
संविधान दिवसकाे अवसरमा शुक्रबार भएकाे उक्त प्रतियाेगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष सम्भु थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य कमल नारायण श्रेष्ठ, गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद सुवेदी, शिक्षा अधिकृत रामचन्द्र इटनी, गाउँ पालिका भित्रका जनप्रतिनिधिहरु, वडा अध्यक्ष, गाउँ पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
