
धादिङ भाद्र ३१ । नेपालको पुर्वि तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगमी तीन दिनको मौषम अनुमान गर्दै देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जनरचट्टयांग सहितको वर्षा हुने जनाएको छ ।
महाशाखाले मध्य तथा पश्चिमि भु(भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।
असोज ०१ गते (बुधबार)
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
राती: देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ । पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।
असोज ०२ गते (बिहिबार)
दिउँसो: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।
राती: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

