
धादिङ भाद्र २९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन, धादिङले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्लाभरका प्याब्सनका १४ वटा विद्यालयहरुले भाग लिएको शनिबार सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगितामा गल्छी गाउँपालिका स्थित सक्सेस एकेडेमी प्रथम, धादिङबेसी स्थित सुनगाभा एकेडेमी द्वितिय, एड्भान्स एकेडेमी तृतीय र चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय र गुड स्टार्ट इङ्लिस स्कुल सान्त्वना भएका थिए ।
गजुरी स्थित मुनाल एकडेमीमा भएको उक्त कार्यक्रममा कक्षा सात र आठको व्यक्तिगत नतिजा पनि प्रकाशन गरिएको थियो ।
जस अन्तर्गत कक्षा आठको सुनगाभा एकेडेमीबाट सञ्जय अधिकारी प्रथम, सक्सेस एकेडेमीबाट सरिका अधिकारी द्वीतीय, गुड स्टार्ट इङ्लिस बोर्डिङबाट दिवस कोइराला तृतीय र एड्भान्स एकेडेमीबाट अस्मिता घले र राईजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलबाट उपासना रूवाली सान्त्वना भएका छन् ।
त्यसैगरी कक्षा आठ अन्तर्गत राइजिङ भिलेजका छात्र कोबिदमणि रिमाल प्रथम, सक्सेस एकेडेमीका छात्र सचित ढकाल द्वितिय, चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयका छात्र सुप्रिम श्रेष्ठ तृतीय र बेनी शिक्षा सदनकी छात्रा प्रबिना कँडेल र एड्भान्स एकेडेमीका छात्र कुशल अधिकारी सान्त्वना भएका छन् ।
प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष शान्त विक्रम बानियाँको प्रमुख आतिथ्यता सहभागि विद्यालयका प्रतिनीधि शिक्षकहरुको आतिथ्यता रहेको थियो ।
