
धादिङ भाद्र २८ । धादिङबाट युएईमा रहेका धादिङबासीहरुको साझा संस्था धादिङ समाज युएईको आठौं अधिबेशनबाट प्रसिद्ध खतिवडा अध्यक्षमा चयन भएका छन् ।
धादिङमा विभिन्न सामाजिक कामहरुका क्रियाशिल देखिँदै आएको यस समाजको आठौ अधिबेशनबाट धादिङ सिद्धलेक निवासी खतिवडा अध्यक्षमा चयन भएका हुन् ।
सम्पूर्ण प्रवासी धादिङबासीहरु एकजुट होऔं भन्ने मुल नाराका साथ अगाडी बढेको धादिङ समाज युएईको आठौ अधिबेशनबाट उपाध्यक्षमा शंकर श्रेष्ठ, इश्वर भट्ट, रिता लामा, महासचिवमा तेजबहादुर बिश्वकर्मा, सचिव नेत्र अर्याल, सचिव तथा प्रवक्तामा दिपक खड्का र कोषाध्यक्षमा पुष्प बहादुर गुरुङ चयन भएका छन् ।
नेपाली पात्रो अनुसार भाद्र २७ गते शुक्रबार सम्पन्न भएको उक्त अधिबेसनले १२ जना सदस्य समेत सर्वसहमतिले चयन गरेको छ जसमा मनिता पण्डे, सुनिता बिश्वकर्मा, सुजन अधिकारी, इन्द्र सिंखडा, ठुलोभाई कडेल, बद्रीप्रसाद खतिवडा, प्रकाश लोहनी, तलबहादुर कुँवर र २ जना पछि थपिने बताईएको छ ।

