
धादिङ भाद्र २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको १३ वटै पालिकाको अध्यक्ष र सचिवको चयन गरेको छ ।
शनिबार बसेको बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्रको भागबण्डाको आधारमा पालिकाको अध्यक्ष र सचिवको चयन गरेको हो ।
पुर्व एमालेको भागमा ८ पालिका र पूर्व माओवादीको भागमा ५ वटा पलिकाको अध्यक्षमा सहमति बने सँगै आज अध्यक्ष र सचिव तोकिएको बताईएको छ ।
यस्तो छ जिम्मेवारी
१. रूबिभ्यली अध्यक्ष रामसिह तामाङ (पूर्व माके),
सचिवः पूर्ण तामाङ (पूर्व एमाले)
२. खनियाबास अध्यक्षः फुर्र बहादुर तामाङ (पूर्व एमाले),
सचिवः लाल बहादुर तामाङ (पूर्व माके)
३. नेत्रावति दबजोङ अध्यक्षः प्रेम तामाङ,
सचिवः सुवर्ण रिमाल (पूर्व एमाले)
४. गंगाजमुना अध्यक्षः बिष्णु सिम्खडा (पूर्व एमाले),
सचिव: रामेश्वर सिम्खडा (पूर्व माके)
५. त्रिपुरासुन्दरी अध्यक्षः रामहरी अधिकारी (पूर्व एमाले),
सचिवः सुवास अधिकारी (पूर्व माके)
६. ज्वालामुखी अध्यक्षः धर्म बहादुर अर्याल (पूर्व एमाले),
सचिवः कृष्णमान श्रेष्ठ (पूर्व माके)
७. निलकण्ठ नपा अध्यक्षः दिपक बि. क. (पूर्व माके),
सचिवः हरी श्रेष्ठ (पूर्व एमाले)
८. सिद्धलेक गाउँपालिका अध्यक्षः खुन बहादुर थापा (पूर्व एमाले,
सचिव पुष्प थपलिया (पूर्व माके)
९. बेनिघाट रोराङ अध्यक्षः कृष्ण थपलिया विवेक (पूर्व माके)
सचिवः रमेश भट्टराई (पूर्व एमाले)
१०. गजुरी गाउँपालिका अध्यक्षः सुर्य बहादुर दोङ (पूर्व माके,
सचिव माधब भण्डारी (पूर्व एमाले)
११. गल्छि गाउँपालिका अध्यक्षः केदार खतिवडा (पूर्व एमाले),
सचिवः राम शरण सेञ्चुरी (पूर्व माके)
१२. थाक्रे गाउँपालिका अध्यक्षः कृष्ण पन्त (पूर्व एमाले),
सचिव यन्त्र बहादुर तामाङ जिन्दगी (पूर्व माके)
१३. धुनिबेशी नपा अध्यक्षः रामराजा पाण्डे (पूर्व एमाले)
सचिवः राम कुमार पाठक(पूर्व माके)

