विद्यार्थीले मनाए रेडक्रस दिवस

Avatar photo
Dhadingpost
भदौ १९, २०७६

धादिङबेसी भाद्र १९ । धादिङबेसीमा विभिन्न कार्यक्रम गरि एड्भान्स एकेडेमी युवा रेडक्रस सर्कलले ५७ औंं रेडक्रस दिवस मनाएकाे छ ।

बिहिबार एका बिहानै प्रभातफेरीमा देखिएका एड्भान्स युवा सर्कलका विद्यार्थीहरुले दिउँसाे सरसफाई र फुल बैंगचा निर्माण गरि दिवस मनाएका हुन् ।

विद्यालयका एशाेसिएट प्रिन्सिपल भिम श्रेष्ठका अनुसार रेडक्रसकाे मुल्य मान्यता र सिद्धान्तका विषयमा जानकारी दिदै विविध कार्यक्रम भएका थिए ।