
धादिङ भाद्र १८ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरीका सेक्रेटरी ईश्वर खतिवडाले प्रहरी कार्यालयमा आई आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबेसी आएर खतिवडा सहित ३ जनाले आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्ने अन्यमा गाउँ कमिटी सदस्य सुनिता न्याैपाने र रामबहादुर भुजेल रहेका छन् ।
केही दिन पहिला साेही ठाउँका ५ जनाले जिल्ला प्रहरी कार्यालय धादिङमा नै आई आत्म समर्पण गरेका थिए ।

