
धादिङ भाद्र १८ । धादिङ बेनिघाट रोराङका सन्तोष कडेलले एक महिला सँग २० लाख फिरौती मागेको आरोपमा पक्राउ परेका छन् ।
कँडेलले काठमाडौं स्थित स्युचाटारकी रन्जु त्रिपाठीलाई रकम लिएर बालाजु पुलमा नआए वा प्रहरी र आफन्तलाई जानकारी गराए छोरीलाई सिध्याइदिने र घरमा पनि बम राखेर उडाइदिने धम्की दिएका कारण पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
५ वर्ष अघि श्रीमान्को मृत्यु भएको थाहा पाएका कँडेललाई त्रिपाठीको ३ छोरीको अवस्थाबारे पनि जानकारी थियो । ‘ती सबै विवरण उनले धम्की दिएको चिठीमा पनि उल्लेख गरेका थिए’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘त्यसैले त्रिपाठीलाई धम्क्याएको हुनसक्ने हाम्रो अनुमान थियो ।’
भन्दै त्रिपाठीको घर छेऊको एक सीसी टीभी क्यामरामा समेत उनी कैद भएको भेटिएका थिए । ‘घर छेऊ आएर एक जना बच्चालाई चिठी पठाउन लगाएको रहेछ’, प्रहरी भन्छ, ‘पक्राउ परिसकेपछि उनको घरमा खनतलासी लिँदा कागज च्यातिएको डायरी पनि बरामद भएको छ ।’
अनुसन्धान अधिकृतका अनुसार चिठी दिन घर छेऊ पुग्दा कँडेल जुन हुलियामा थिए, मंगलबार पक्राउ पर्दा पनि उही टोपी, टिसर्ट र जुत्तामा समातिका थिए ।

