
धादिङ भाद्र १७ । धादिङको नीलकण्ठ नगरपालिका २ भुलभुलेमा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।
धादिङबेसीबाट पाल्ते जाँदै गरेको ग १ ज ६०६१ नं।को बोलेरो जिप मंगलबार दिउँसो सवा ३ बजे अनियन्त्रित भई सडकमा पल्टिनदा जिपमा सवार १२ जना मध्ये १० जना घाईते भएका हुन् ।
४ जना गम्भीर घाईतेहरुलाई जिल्ला अस्पताल धादिङको प्राथमिक उपचार काठमाडौ लगिएको छ जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी रुपक खड्काले धादिङपेष्टलाई बताए ।
जिल्ला अस्पताल धादिङका उपचार भईरहेका घाईतेहरु
१. जिल्ला धादिङ निलकण्ठ न.पा. १ देउराली बस्ने अं बर्ष २९ की कल्पना भुजेल‚ अबस्था सामान्य
२. जिल्ला धादिङ निलकण्ठ न.पा. ९ पात्ले बस्ने अं बर्ष २३ की लक्ष्मि घले‚ अबस्था सामान्य
३. जिल्ला धादिङ निलकण्ठ न.पा. १ हिलखर्क बस्ने अं बर्ष ६३ की फुलमाया गुरुङ‚ अबस्था सामान्य
४. जिल्ला धादिङ निलकण्ठ न.पा. ५ खल्टे बस्ने अं बर्ष २१ की साबित्री गुरुङ‚ अबस्था मध्यम
५. जिल्ला धादिङ निलकण्ठ न.पा.१ हिलखर्क बस्ने अं बर्ष ४८ को सन्त बहादुर गुरुङ‚ अबस्था सामान्य
६. जिल्ला चितवन ईच्छामनकामना गा.पा. बस्ने बर्ष ४० की दिलमाया थापा मगर‚ अबस्था सामान्य
काठमाण्डौ रिफर भएका घाईतेहरु
१. जिल्ला धादिङ निलकण्ठ न.पा. १ बस्ने अं बर्ष ६५ की नाममाया गुरुङ‚ काठमाण्डौ रिफर
२. जिल्ला धादिङ निलकण्ठ न.पा. ५ पतेनी बस्ने अं बर्ष ३९ को ईश्वर दाहाल‚ काठमाण्डौ रिफर रिफर
३. जिल्ला धादिङ निलकण्ठ न.पा. १ हिलखर्क बस्ने अं बर्ष ६४ को पुर्ण बहादुर गुरुङ‚ काठमाण्डौ रिफर
४. जिल्ला धादिङ निलकण्ठ न.पा.९ पात्ले बस्ने अं बर्ष ४० की लिला कुमारी गुरुङ‚ काठमाण्डौ रिफर

