
धादिङ भाद्र १७ । धादिङ नीलकण्ठ नगरपालिका स्थित धुवाँकोटका खोमराज अधिकारी (सन्तोष) आसन्न ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचनमा सदस्यका पदका लागि उम्मेदवारी दिएका छन् ।
डेढ दशक अघि देखि ट्रेकिङ क्षेत्रमा आवद्ध मास्टर ट्रेक एन्ड एक्सपिडिसन्का प्रबन्ध निर्देशक खोमराज अधिकारी (सन्तोष) ले खुम अधिकारीको समुहबाट टानको सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।
व्यवसाय सँगै समाज सेवामा क्रियाशिल उनी पवित्र सेवा समाज, भंगेरी मठ मन्दिर समाज, नेपाल इन्टिग्रटेडेड डेभलपमेन्ट एशोसिएसन लगायतका सामाजिक संस्थाहरुमा समेत उत्तिकै क्रियाशिल छन् ।
अस्ट्रेलिया, बेलायत, स्विट्जरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, सिंगापुर, मलेसिया आदिको यात्रा गरि सकेका उनीले टिम्स व्यवस्थापन, नयाँ रुटहरुको खोजी र खस्कँदो अवस्थाको टानलाई नयाँ उचाई दिने कुरामा विशेष जोड दिन खुम अधिकारी समुहको उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।
टानमा दुई समुह (यी हुन् धादिङका उम्मेदवार)
टानमा रुबी भ्यालीका एक्ला उम्मेदवार सिम्बिर घले
समाजवादी पार्टी निकट ट्रेकिङ व्यवसायीको समर्थन खुम सुवेदीको प्यानललाई
टान निर्वाचनमा धादिङबाट अध्यक्ष सहित ५ जनाले उम्मेदवारी दिने
टानको चुनाव नजिकियो

